+
+
Shares

त्रिचन्द्रमा पठनपाठन सुरु गर्ने क्याम्पस प्रशासनको निर्णय, स्ववियु चुनाव अनिश्चित

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ५ गते १९:१०

५ चैत, काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्ववियु चुनाव अनिश्चित भएपछि पठनपाठन सुरु हुने भएको छ । स्ववियु चुनावको तयारी अन्तिम चरणमा पुगेको समयमा ४ गते राति विद्यार्थीले ताला लगाएपछि चुनाव स्थगित भएको थियो ।

चुनाव अनिश्चत भएपछि पठनपाठन सुरु गर्ने निर्णय क्याम्पसले गरेको छ ।

‘हिजो राति ८ बजेसम्म पनि कुरेको हो । तर सहमति हुन सकेन । ताला खोल्ने प्रयास गरेको हो तर सकिएन । चुनाव स्थगित गर्नुपर्‍यो,’ क्याम्पस प्रमुख निलम श्रेष्ठले भनिन्, ‘प्रशासनको बैठक बसेर पठनपाठन सञ्चालन गर्ने निर्णय गरेका छौं ।’

यदि निर्वाचन समिति र विद्यार्थीबीच सहमति भए ‘जहाँ पुगेर प्रक्रिया रोकिएको हो त्यहीँबाट गर्न सकिने’ उनले बताइन् ।

‘१५ दिनभित्र गर्न सकिने भनेको छ । सहमति भयो भने जहाँ पुगेर प्रक्रियार रोकिएको हो त्यहीँबाट सुुरु हुन्छ,’ उनले भनिन् ।

निर्वाचन अधिकृत अंगद गौतमले पनि विद्यार्थीहरूले सहमति जनाए चुनाव गराउन सकिने बताए । ‘सबै प्रक्रिया सकिएको छ । विद्यार्थीले सहमति गरेमा चुनाव हुन्छ,’ उनले भने, ‘चुनाव नभएपछि पठनपाठन रोक्ने कुरा भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?