+

विश्व मुवाँथाईंमा सुमित्रालाई रजत

२०८१ चैत  ५ गते २१:११ २०८१ चैत ५ गते २१:११
विश्व मुवाँथाईंमा सुमित्रालाई रजत

५ चैत, काठमाडौं । नेपालकी सुमित्रा नगरकोटीले २०औं डब्लुएमएफ विश्व मुवाँथाईमा रजत पदक जितेकी छन् । नेपालले थप एक कास्य पनि जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।

महिला ५७ केजीमा सुमित्राले इटालीकी मिचेला पिन्नालाई पराजित गरी सेमिफाइनलमा प्रवेश गरेकी थिइन् । फाइनलमा ब्राजिककी क्यामिला मोस्म्यानसँग चुकेपछि सुमित्रा रजतमा सीमित भइन् । सुमित्रा भरातमा गत वर्ष भएको इन्डो–नेपाल प्रोफेसनल फाइटकी स्वर्ण विजेता हुन् ।

कक्षपतिका अनुसार थाइल्यान्डको बैंककमा भएको प्रतियोगितामा परिका बतासले कास्य जितिन् । महिला ४८ केजीको सेमिफाइनलमा क्याथ्रिन स्टेभेन्ससँग पराजित हुँदै परिकाले कांस्यमा चित्त बुझाइन् । परिकाले विश्व मुवाँथाईको १९औं संस्करणमा भने स्वर्ण जितेकी थिइन् ।

नेपालबाट ६ खेलाडी सहभागी भएकोमा अकेश केसी, मिलन तामाङ, गुमन घर्ती मगर र आशिष तामाङ पदकविहीन बने । प्रशिक्षकमा राहुल मोक्तान रहेका छन् ।

सञ्जय राईले निर्णायकको भूमिका निर्वाह गरेका थिए । मार्च ९ देखि १८ तारिखसम्म भएको प्रतियोगितामा ३२ राष्ट्रका ३ सय ५२ खेलाडीले प्रतिस्पर्धा गरेको मुवाँथाई संघले जनाएको छ ।

सुमित्रा नगरकोटी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय