+
+
Shares

विश्वविद्यालय क्याम्पसको ताला खोल्न नेविसंघ सहमत, स्ववियु निर्वाचन प्रक्रिया अघि बढ्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ६ गते ११:११

६ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा लगाएको ताला खोल्न नेविसंघ सहमत भएको छ ।

निर्वाचन समितिका पदाधिकारी र नेविसंघ प्रतिनिधिबीचको छलफलमा भएको सहमतिसँगै  नेविसंघले ताला खोलिदिएको छ ।

स्ववियु निर्वाचनका लागि नेविसंघका दिपकराज जोशी र अनोज कार्कीको उम्मेदवारी परेको थियो । निर्वाचन समितिले जोशीलाई आधिकारिकता दिँदै कार्कीको उम्मेदवारी खारेज गरिदिएपछि असन्तुष्ट पक्षले प्रिन्सिपलको कार्यालयमा ताला लगाएको थियो । तालाबन्दीका कारण चैत ५ गते विश्वविद्यालय क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेन ।

निर्वाचन गराउने सन्दर्भमा आज निर्वाचन समितिका पदाधिकारीहरुले नेविसंघका नेता विष्णु बडैला, डण्डीराज जोशी, अशोक सिंह विष्ट लगायतसँग गरेको छलफलमा ताला खोल्ने सहमति भएको निर्वाचन समितिका एक सदस्यले बताए ।

नेविसंघका नेता श्यामराज ओझाले पनि आफूहरु ताला खोल्न सहमत भएको बताए ।

विश्वविद्यालय क्याम्पसमा चैत ८ गते स्ववियु निर्वाचन गराउने मिति तोकिएको छ ।

हेर्नुहोस् सहमति पत्र– 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?