
६ चैत, काठमाडौं । बजारमा च्याउको मूल्यमा बढोत्तरी भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बुधबार च्याउको मूल्य बढेको देखाएको हो ।
समिति तथ्यांक अनुसार बुधबार कालीमाटी बजारमा कन्य च्याउको भाउ थोकमा प्रतिकिलो १ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो मंगलबार कन्य च्याउ किलोको ११६ रुपैयाँ थियो । हिजोको तुलनामा कन्य च्याउ आज १४ अरुपैयाँले बढेको हो ।
यस्तै डल्ले च्याउको मूल्य पनि आज ६७ रुपैयाँ बढेको छ । आज यो च्याउको प्रतिकिलो थोक मूल्य २९३ रुपैयाँ कायम छ । मंगलबार डल्ले च्याउ २२६ रुपैयाँमा किनबेच भएको थियो ।
कालीमाटी बजारमा बुधबार राजा च्याउ प्रतिकिलो थोक २९० रुपैयाँ र सिताके च्याउ ७५० रुपैयाँमा कारोबार भइरहेको छ । यी दुई च्याउको मूल्य भने स्थिर छ ।
प्रतिक्रिया 4