+
+
Shares

२५ अर्ब रुपैयाँ तरलता खिच्दै केन्द्रीय बैंक

घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ६ गते १२:५३

६ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिने क्रम नरोकिएपछि आज बुधबार पनि बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ खिच्न लागेको छ ।

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट बुधबार २५ अर्ब रुपैयाँ खिच्न लागेको हो । यसका लागि दिउँसो ३ बजे बोलकबोल हुने बैंकले जनाएको छ ।

घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने छ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

यो २१ दिने निक्षेप संकलन उपकरणको २७ चैतमा साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?