+
+
Shares

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव भोलि

लुम्बिनी र वरपरका सहरमा महोत्सव आयोजना हुने पर्यटन बोर्डले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ६ गते १६:५९

६ चैत, काठमाडौं । लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले बिहीबारदेखि ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव’ हुने भएको छ ।

नेपाल पर्यटन बोर्डले नेपालस्थित चिनियाँ दूतावास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागेको हो ।

७ चैत २०७१ देखि २९ वैशाख २०८२ सम्म युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी र वरपरका सहरमा महोत्सव आयोजना हुने पर्यटन बोर्डले जनाएको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव नेपालले शान्ति र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्न गरेको प्रतिबद्धताको प्रतीकका रूपमा अघि बढाइएको बताए ।

उनले भने, ‘हामी विश्वभरका पाहुनालाई लुम्बिनीको आध्यात्मिक अनुभव आदानप्रदान गर्न र विश्वव्यापी सौहार्दता मनाउन निमन्त्रणा गर्दछौं ।’

लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रको रूपमा प्रवर्द्धन गर्नुका साथै नेपाल, चीन र अन्य राष्ट्रहरूबीच सांस्कृतिक, खेलकुद, धार्मिक र जनस्तरको अवस्था आदानप्रदानलाई प्रोत्साहन दिन महोत्सव आयोजना गरिएको बोर्डले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

यही ७ चैतदेखि सुरु हुने महोत्सवमा ८ चैतमा मायादेवी मन्दिर बाहिरको पवित्र उद्यानमा एक सय भिक्षु र चार सय साधकको सहभागितामा ध्यान सत्र सञ्चालन हुनेछ । ९ चैतमा खेलकुद र विकासका लागि अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा तेस्रो लुम्बिनी अन्तरराष्ट्रिय शान्ति म्याराथन हुनेछ ।

यसैबीच लुम्बिनी शान्ति साङ्गीतिक कार्यक्रम, झोङ्ग हुआ गुम्बाको २५औं वार्षिकोत्सवको अवसरमा फोटो प्रदर्शनी, बुद्ध दीक्षा समारोहलगायत विविध कार्यक्रम गर्ने र वैशाख पूर्णिमाको दिन विशेष समापन समारोह हुने बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले जानकारी दिए ।

महोत्सवलाई लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक समिति, युनान माउन्टेनियरिङ तथा आउटडोर स्पोट्र्स संघ, केजिएच ग्रुप, भिभो, दीपल, बुद्ध एयरलगायत स्थानीय र अन्तर्राष्ट्रिय संस्थाले सहयोग गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?