+
+
Shares

एकीकृत समाजवादीमा नजाओस् भनेर एमालेले प्रस्ताव गरेको रहेछ : बामदेव

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ६ गते १८:४२

६ चैत, काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवं राष्ट्रिय सभा सांसद बामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) मा जान नदिन एमालेले प्रस्ताव गरेको बताएका छन् ।

बुधबार राष्ट्रिय सभाको बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । औपचारिक निर्णय नभएपनि जाने पक्कापक्की भइसकेपछि प्रस्ताव गरेर एमालेले अल्मल्याउने काम गरेको उनको भनाइ छ ।

‘हामी समाजवादीमा जाने एक किसिमको सहमति भइसकेको अवस्था थियो । निर्णय नभएपनि मन चाहीँ त्यस्तो किसिमको भइसकेको थियो । त्यही बेलामा एमालेबाट प्रस्ताव आयो,’ उनले भने, ‘त्यो प्रस्ताव बामदेव नेकपा एकीकृत समाजवादीतिर नजाओस् भनेर रैछ । अहिले तत्काल कुनै पार्टीमा जानुभन्दा नि हामी आफूलाई परिमार्जन गर्छौं ।’

आफ्नो अभियानको परिमार्जन गर्दै ठूला कम्युनिष्ट पार्टीहरुलाई एक ठाउँमा ल्याउने प्रयत्न गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?