७ चैत, काठमाडौं । काठमाडौंको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले प्यारापिट निर्माणको काम भइरहेको छ ।
गएको फागुन २० देखि अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माणको काम सुरु गरिएको हो । आगामी वैशाख अन्तिम सातासम्म काम सक्ने गरी काम भइरहेको छ । त्यसका लागि आवश्यकता अनुसार सिफ्टहरू पनि बनाइएको छ ।
प्यारापिट निर्माणका लागि ४३ करोड ७७ लाखको बोलपत्र स्वीकृत भएको छ । प्यारापिट निर्माणको ठेक्का काठमाडौंको टङ्गालमा रहेको BKOI-KCDC-BG जेभीले पाएको छ ।
त्यस्तै फ्लडलाइट जडानको ठेक्का ललितपुरको गुसिंगलस्थित विशाण-ईश्वरी जोइन्ट भेन्चरले पाएको हो । फ्लडलाइटको काम भने सुरु हुन बाँकी छ ।
बिहीबार उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले पनि कीर्तिपुर पुगेर निरीक्षण गरेका थिए । उनले पनि वैशाख २४ गतेभित्रै कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्यारापिट र फ्लड लाइट निर्माणको काम सकिने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया 4