+

नाइजेरियन स्ट्राइकर अल्हाजीले झापा एफसीबाट खेल्ने

२०८१ चैत  ७ गते १७:४६ २०८१ चैत ७ गते १७:४६
नाइजेरियन स्ट्राइकर अल्हाजीले झापा एफसीबाट खेल्ने

७ चैत, काठमाडौं । झापा एफसीले नेपाल सुपर लिग फुटबल २०२५ का लागि अनुभवी नाइजेरियन स्ट्राइकर अल्हाजी गेरोलाई अनुबन्ध गरेको छ।

युरोपियन लिगमा लामो अनुभव बोकेको गेरो स्विडेन, डेनमार्क, इरान, इन्डोनेसिया र भियतनामको शीर्ष डिभिजनमा खेलेका छन्। विशेषगरी, स्विडेनको पहिलो डिभिजनमा उनले लामो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए।

उनले स्विडेनको प्रतिष्ठित क्लब ओस्टरसुन्ड एफकेबाट खेल्दै युईएफए युरोपा लिगमा समेत गोल गरेका छन्। त्यसैगरी उनले नाइजेरियाको यू-२० राष्ट्रिय टोली साथै नाइजेरिया राष्ट्रिय टोली बाट समेत खेल्ने अवसर पाएका छन्।

गेरोको अनुभव र व्यावसायिक खेल शैलीले नेपाली फुटबलमा नयाँ प्रेरणा र अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक भावना ल्याउने र उनको आगमनले झापा एफसी मात्र नभई समग्र नेपाली फुटबललाई पनि बलियो बनाउन योगदान दिने क्लबले विश्वास गरेको छ ।

झापाले यसअघि उज्वेकिस्तानका मुहम्मद इसाएभ र अजामात अब्दुलेभ तथा सर्वियाका लाजार अर्सिकलाई अनुबन्ध गरिसकेको छ ।

लकेन लिम्बु मार्की प्लेअर रहेको झापाले प्रवेश कटुवालाई तेस्रो संस्करणका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको छ । झापाले डिफेण्डर छिरिङ लामालाई अक्सनअघि रिटेन गरेको थियो ।

यसैगरी अक्सनबाट झापाले क्याटेगोरी ए बाट आशिष गुरुङलाई अनुबन्ध गर्दा क्याटेगोरी बी बाट झापाले अभिनाश स्याङ्गता, दिपेश धिमाल, अन्जल श्रेष्ठ, रोशन पहारी, दिपेन्द्र विक, उज्वल राईलाई अक्सनमा अनुबन्ध गरेको थियो ।

झापाले क्याटेगोरी सी बाट सृजन दानी, आरोन थापा, श्याम मुर्मु, अभिषेक गुरुङलाई अनुबन्ध गरेको छ । झापाले विदेशी कोटाबाट प्रविन बस्नेतलाई अनुबन्ध गरिसकेको छ ।

झापाले यस पटक कोशी प्रदेशको एक्लो क्लबको रुपमा एनएसएल खेल्दैछ । पहिलो सिजन पुर्वबाट विराटनगर सिटी एफसीले एनएसएल खेलेको थियो ।

दोस्रो सिजन झापासँगै स्पोर्टिङ इलाम थपिएपनि विराटनगर सिटीले भने खेलेन । तेस्रो सिजनमा इलामले नाम फिर्ता लिएपछि झापा मात्र पूर्वको क्लबको रुपमा रहेको हो ।

अल्हाजी गेरो झापा एफसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय