
७ चैत, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले महाधिवेशनको तयारी अगाडि बढाउन थालेपछि विभिन्न देशमा विभाजित अवस्थामा रहेका कमिटीहरूले संयुक्त बैठक थालेका छन् ।
यसक्रममा एनआरएनए अमेरिकामा कानुनी हैसियतमै रहेका दुई संगटन एनआरएनए एनसीसी (राष्ट्रिय संगठन/परिषद्)को पहिलो बैठक सम्पन्न भएको छ । सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिले आगामी मे ३ देखि ५ २०२५ मा काठमाडौंमा अन्तर्राष्ट्रिय महाधिवेशन आह्वान गरेको छ ।
एनआरएनए अमेरिकाका एउटा पक्षका अध्यक्ष सूर्य लम्साल र अर्को पक्षका अध्यक्ष डा. अर्जुन बन्जाडेको नेतृत्वका रहेको समितिबीच १७ मार्चमा पहिलो बैठक भएको हो ।
बैठकले अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभाग हिुन सबैलाई सदस्यताको लागि आह्वान गर्ने र सबै सदस्यलाई एकै ठाउँमा समेट्ने निर्णय गरेको छ । त्यसपछि आजीवन सदस्य र ३१ मार्च मध्यरातसम्म सदस्यता लिएका सबैको सूची एनआरएनए उच्चस्तरीय समितिलाई पठाउने, गत वर्ष सदस्यता लिउकाहरूलको स्वतः नवीकरण गर्ने र जानकारी दिने निर्णय गरेको छ ।
पहिलो बैठक बस्नुअघि ३ मार्चमा लम्साल नेतृत्वको समितिले उच्चस्तरीय समितिको पत्रअनुसार अर्को पक्षलाई एकताको लागि इच्छुक रहे/नरहेको बुझ्न र प्रक्रिया अगाडि बढाउन महासचिव यदु बञ्जाराको नेतृत्वमा कमिटी गठन गरेको थियो । सो कमिटीले १६ मार्चमा अर्को पक्षका अध्यक्ष डा. बञ्जाडे र महासचिव रामहरि अधिकारीलाई सहकार्यको लागि पत्राचार गरेको थियो ।
फरक फरक अस्तित्वमा रहेका दुई पक्षबीच त्यसपछि पहिलोपटक बैठक भएको हो ।
प्रतिक्रिया 4