+

जापान फिफा विश्वकप फुटबलमा छनोट

२०८१ चैत  ७ गते १९:४० २०८१ चैत ७ गते १९:४०
जापान फिफा विश्वकप फुटबलमा छनोट

७ चैत, काठमाडौं । एसियाली राष्ट्र जापान सन् २०२६ मा हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ । बिहीबार बहराइनविरुद्ध जितसँगै जापान छनोटका तीन खेल खेल्नुअगावै विश्वकपमा छनोट भएको हो ।

विश्वकपको एसिया छनोटअन्तर्गत तेस्रो चरणको समूह सी मा रहेको जापानले बहराइनलाई २-० ले हरायो । यस जितसँगै ७ खेलमा १९ अंक जोडेको जापान शीर्षस्थानमा छ । अब बाँकी खेलमा पराजित भएपनि जापान छनोट हुने पक्का भइसकेको हो ।

तेस्रो चरणमा तीनवटा समूह छन् । हरेक समूहबाट शीर्ष दुई टिम सिधै सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा छनोट हुनेछन् ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय