
७ चैत, काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बिहीबार दिउँसो आफ्नै पार्टी केन्द्रीय कार्यालयमा कालोझण्डासहित आफ्नै कार्यकर्ताको नाराबाजी सामना गर्नुपर्यो ।
पार्टीको खेलकुद विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न खेलकुदमन्त्री चौधरी सानेपा पुगेका थिए ।
उनलाई पार्टी कार्यालयको ढोकामै केही कार्यकर्ताहरूले नाराबाजीसहित प्रदर्शन गरे ।
तर, यसलाई सामान्य रुपमा लिनुपर्ने बताउँछन्, मन्त्री चौधरी ।
‘लोकतन्त्रमा हुने यस्ता विरोधलाई सामान्य रुपमा लिन्छु । कुनै तोडफोड झगडा भएको छैन । म खुसी नै छु,’ चौधरीले अनलाइनखबरसँग भने ।
आफूहरू लोकतान्त्रिक प्रक्रियाबाट आएको, लोकतन्त्रलाई विश्वास गर्ने मान्छे भएको भन्दै उनले यसलाई चर्को रुपमा लिन नहुने बताए ।
‘हामी लोकतान्त्रिक मान्छे हो । लोकतन्त्रमा विश्वास गर्ने मान्छे हो । हुलदंगा गरिएको होइन् । म गएपछि नारा लगाएको हो । कुनै धरपकड भएको छैन । प्रजातन्त्र हो, यसमा विश्वास गर्नुपर्छ,’ उनले भने ।
ओलम्पिक कमिटी र संघका कारबाहीका कारण केही कार्यकर्ताहरू आक्रोशित भएको उनले बताए ।
प्रतिक्रिया 4