+

नेसन्स लिग फुटबलमा स्पेन र नेदरल्याण्ड्सको रोमाञ्चक बराबरी

२०८१ चैत  ८ गते ७:२५ २०८१ चैत ८ गते ७:२५
नेसन्स लिग फुटबलमा स्पेन र नेदरल्याण्ड्सको रोमाञ्चक बराबरी

८ चैत, काठमाडौं । युइएफए नेसन्स लिग फुटबलअन्तर्गत क्‍वाटरफाइनलको पहिलो लेगमा स्पेन र नेदरल्याण्ड्सले रोमाञ्चक बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा स्पेन र नेदरल्याण्ड्सले २-२ गोलको बराबरी खेलेका हुन् । खेलमा सुरुवाती अग्रता लिएर पनि गुमाएको स्पेनले अन्तिम समयमा गोल गर्दै हार टारेको हो ।

खेलको नवौं मिनेटमा निको विलियम्सको गोलमा स्पेनले अग्रता लिएको थियो । २८औं मिनेटमा कोडी गाक्पोले डच टिमका लागि बराबरी गोल फर्काए ।

दोस्रो हाफको ४६औं मिनेटमा जानी रेन्जर्सले गोल गरेपछि खेलमा नेदरल्याण्ड्सले अग्रता लियो । ८१औं मिनेटमा जोरेल हाटोले रातो कार्ड पाएपछि अन्तिम केही समय डच टिम १० खेलाडीमा सीमित भयो ।

खेलको इन्जुरी समयको तेस्रो मिनेटमा मिकेल मेरिनोले गोल गर्दै स्पेनको हार टारे ।

अब दोस्रो लेगको खेल आउँदो सोमबार हुनेछ ।

नेसन्स लिग फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय