+
+
Shares

सुनचाँदीको भाउ घट्यो

छापावाल सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ८ गते १२:०९

८ चैत, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ घटेको छ । आज छापावाल सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ७५ हजार रुपैयाँमा किनबेच भइरहेको छ । हिजो बिहीबार भने १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको भाउमा पनि गिरावट आएको छ । बिहीबार २ हजार ३० रुपैयाँ तोलामा कारोबार भएको चाँदी शुक्रबार ३५ रुपैयाँ घटेर १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?