+
+
Shares

परबर र भिन्डीको भाउ घट्यो

शुक्रबार कालीमाटी बजारमा भिन्डी, लोकल परबरको भाउ १०/१० रुपैयाँ घटेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ८ गते १२:२४
फाइल तस्वीर

८ चैत, काठमाडौं । बजारमा परबर र भिन्डीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार परबर र भिन्डीको भाउ घटेको देखाएको हो ।

शुक्रबार कालीमाटी बजारमा भिन्डी, लोकल परबरको भाउ १०/१० रुपैयाँ घटेको छ ।

बिहीबार लोकल परबर थोकमा किलोको ९५ रुपैयाँमा किनबेच भइरहेको थियो । आज शुक्रबार भने ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै, भिन्डी बिहीबार प्रतिकिलो थोक मूल्य १ सय ५ रुपैयाँमा थियो । आज भिन्डीको मूल्यमा १० रुपैयाँ गिरावट आउँदा ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?