
८ चैत, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यदावले पानीको मुहानमा राजनीति हुने गरेको बताएका छन् ।
शुक्रबार राष्ट्रिय सभामा मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
‘मुहान भनेको नेपाल सरकारको हो । त्यसमा कसैले दादागिरी गरेर यो वार्डबाट त्यो वार्डमा पानी जान नदिने जुन राजनीति छ त्यो राजनीति अब हामी अन्त्य गर्छौं,’ उनले भने ।
मुहान संरक्षणका लागि सरकारले आवश्यक बजेट छुट्याउने उनले बताए । ‘देशैभरीको मुहान सुरक्षाका लागि यसपाली खानेपनी मन्त्रालय स्पेसल बजेट राखेर अगाडि बढ्छ,’ उनले भने ।
मन्त्री यादवका अनुसार हाल २७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानीको पहुँच रहेको छ । यो तथ्याङ्कमा बृद्धि भएको तर, तथ्यांक अद्यावधिक हुन बाँकी रहेको उनले बताए ।
थप रफ्तारमा काम गर्ने सरकारको योजना रहेको पनि सुनाए ।
‘एक वर्ष भित्रमा ५७ प्रतिशतमा स्वच्छ पानी पुर्याउनका निमिक्त प्लान बनाएर अगाडि बढेका छौं’ उनले भने । यो लक्ष्य जटिल रहेको तर, काम अगाडि बढेको उनले बताए ।
प्रतिक्रिया 4