+
+
Shares

‘माई सेकेन्ड टिचर नेपाल’ बन्यो नेपाल सुपर लिग क्लब धनगढी एफसीको मुख्य प्रायोजक

सम्झौतामा माई सेकेन्ड टिचर नेपालकी प्रमुख मेधा भट्टराई र धनगढी एफसीका अध्यक्ष सुवास शाहीले हस्ताक्षर गरे । यस प्रायोजनमार्फत माई सेकेन्ड टिचर नेपालले शिक्षा र खेलकुदलाई सशक्त रूपमा जोड्ने लक्ष्य राखेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ८ गते १२:५४

काठमाडौं । नेपालको प्रसिद्ध डिजिटल लर्निङ प्लेटफर्म ‘माई सेकेन्ड टिचर नेपाल’ १६ चैतदेखि १३ वैशाखसम्म हुने फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो सिजन २०२५’ का लागि धनगढी एफसीको मुख्य प्रायोजक बनेको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा यसबारे सम्झौता भएको छ । सम्झौतामा माई सेकेन्ड टिचर नेपालकी प्रमुख मेधा भट्टराई र धनगढी एफसीका अध्यक्ष सुवास शाहीले हस्ताक्षर गरे । यस प्रायोजनमार्फत माई सेकेन्ड टिचर नेपालले शिक्षा र खेलकुदलाई सशक्त रूपमा जोड्ने लक्ष्य राखेको छ ।

सहकार्यबारे जानकारी दिँदै भट्टराईले आगामी नेपाल सुपर लिगमा धनगढी एफसीसँगको सहकार्यले नेपालको शिक्षा सँगसँगै खेलकुद विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।

‘माई सेकेन्ड टिचर नपालले प्रविधिका माध्यमबाट नेपालले शिक्षा रूपान्तरणमा कार्य गर्दै आएको छ,’ भट्टराईले भनिन्, ‘यो सहकार्य प्रविधि र नवप्रवर्तन सहितको शिक्षालाई खेलकुदसँग जोड्ने महत्त्वपूर्ण कदम हो ।’

यसैगरी धनगढी एफसी अध्यक्ष शाहीले माई सेकेन्ड टिचरसँगको सहकार्यप्रति खुसी व्यक्त गर्दै यस सहकार्यले शिक्षालाई खेलकुदसँग जोड्ने नयाँ सम्भावनाको उजागार गरेको विचार व्यक्त गरे । यसबाट फुटबलको व्यावसायीकरणमा सहयोग पुग्ने विश्वास शाहीको छ ।

माई सेकेन्ड टिचर नेपाल र धनगढी एफसीबीच आगामी दिनमा ग्रासरुटदेखि राष्ट्रियस्तरसम्म शिक्षा र खेलकुद विकासमा सहकार्य गरेर अगाडि बढ्ने समझदारी पनि भएको कार्यक्रममा जानकारी दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?