+
+
Shares

स्वदेशी वस्तु उत्पादन प्रोत्साहन गर्न सरकार तत्पर छ : प्रधानमन्त्री

राष्ट्रिय उत्पादन र प्रयोग बढाएर देशलाई आत्मनिर्भर बनाउन उनको आग्रह थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ८ गते १४:१७

८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आग्रह गरेका छन् ।

नेकपा एमालेको जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशनको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिएका हुन् ।

राष्ट्रिय उत्पादन र प्रयोग बढाएर देशलाई आत्मनिर्भर बनाउन उनको आग्रह थियो ।

उनले कर्मवीरले असन्तुष्टि व्यक्त नगरी आफ्नो काममा ध्यान दिने उल्लेख गर्दै यस क्षेत्रमा स्वदेशी वस्तुको उत्पादनमा प्रोत्साहनका लागि सरकार तत्पर रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?