+
+
Shares

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव गर्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ८ गते २०:४०

८ चैत, काठमाडौं । रत्नराज्य क्याम्पसमा आगामी चैत १६ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुने भएको छ ।

५ चैतमा चुनाव गर्ने अन्तिम अवस्थामा विद्यार्थीले ताला लगाएका थिए । शुक्रबार सर्वदलीय बैठक बसेर १६गते चुनाव गर्ने निर्णय भएको क्याम्पस प्रमुख पद्म कुमार अधिकारीले बताए ।

‘जहाँबाट रोकिएको हो त्यहीबाट प्रक्रिया अगाडि बढ्छ । मतदान मात्र रोकिएको हो । अरु तयारी पूरा भएको छ,’ उनले भने ।

आरआरमा ५ हजार १४६ मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?