
८ चैत, काठमाडौं । सिराहाको औरही गाउँपालिका–५ मा दीपक मरिक डोमको घर भत्काएको अभियोगमा प्रहरीले गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादवलाई पक्राउ गरेको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी लालमणि आचार्यका अनुसार उनीहरूलाई दुई घण्टाअघि नियन्त्रणमा लिइएको हो ।
अहिले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सिराहाको हिरासतमा राखिएको छ ।
पीडितबाट जाहेरी आए उनीहरूलाई सोही बमोजिम कारबाही प्रक्रिया अघि बढाइने डीआईजी आचार्यले बताए ।
’सोधपुछका लागि दुवै जनालाई सम्पर्क गरेर जिल्ला प्रहरी कार्यालयमा आउन भनिएको थियो । उनीहरू जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा आएका छन् । उनीहरूलाई त्यहीं नियन्त्रणमा राखिएको छ ।
पीडितले जाहेरी दिएको खण्डमा उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाइने’ डीआईजी आचार्यले अनलाइनखबर सँग भने ।
आगामी चैत १७ गतेबाट हुने विष्णु महायज्ञको लागि दीपक मरिक (डोम)को घर गत फागुन १० गते भत्काएका थिए ।
प्रतिक्रिया 4