+
+
Shares

जनमत पार्टीका केन्द्रीय सदस्य र सांसदका श्रीमान् जसपा नेपाल प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ९ गते १६:४८

९ चैत, काठमाडौं । जनमत पार्टीकी प्रदेश सांसद सीता गुरुङका श्रीमान् जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रवेश गरेका छन् ।

शनिबार जसपा नेपाल रुपन्देही जिल्ला समितिले भैरहवाको बुद्धचोकमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सांसद गुरुङका श्रीमान् कैलाश गुरुङ प्रवेश गरेका हुन् ।

उनलाई अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराए ।

त्यस्तै, सोही पार्टीका केन्द्रीय सदस्य निलम यादव पनि जसपा नेपालमा प्रवेश गरेकी छिन् ।

जसपा नेपालको प्रचार विभागले दिएको जानकारी अनुसार शनिबार विभिन्न पार्टी परित्याग गरेर विभिन्न व्यक्ति प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?