+
+
Shares

राष्ट्रिय लोकतान्त्रिक अपांग संघको नयाँ नेतृत्वका लागि मतदान सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ९ गते १७:५४

९ चैत, काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघको प्रथम महाधिवेशनमार्फत् नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा केहीबेर अघिबाट मतदान सुरु भएको संघका वर्तमान अध्यक्ष प्रकाश पन्तले जानकारी दिए ।

निर्वाचन मार्फत अध्यक्ष, उपाध्यक्ष महिला सहित दुई, महासचिव दुई, खुला केन्द्रीय सदस्य ७ र कोशी प्रदेशको भुगोलबाट निर्वाचित हुने दुई केन्द्रीय सदस्य बाहेक अरु पदमा निर्विरोध भइसकेको छ ।

अध्यक्ष पदमा माधव चौलागाईं, विकास थापा र कल्पना खड्का उम्मेदवार बनेका छन् ।

महाधिवेशनमार्फत ३९ जना निर्वाचित १२ जना मनोनित गरेर ५१ जनाको कार्यसमिति चयन हुनेछ । जसमा निर्वाचित हुने पदहरू अध्यक्ष एक जना, उपाध्यक्ष (महिला/खुल्ला) दुइ जना, महामन्त्री खुल्ला दुइ जना, सदस्यहरू ३ महिला सहित खुल्ला १० जना, फरक प्रकारको अपाङ्गताबाट १० जना, प्रत्येक प्रदेशबाट महिला र खुल्ला गरी दुई जनाका दरले १४ जना गरी जम्मा ३९ जनाको निर्वाचन हुने विधानको व्यवस्था छ ।

बाँकी १२ जना महिला र समावेशी मिलाइ मनोनित हुनेछन् ।

यसमध्ये मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट हरेक प्रदेशबाट एक महिलासहित दुई जनाका दरले १२ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भौसकेका छन् ।

खुलातर्फ ३ महिला सदस्य पनि निर्विरोध भैसकेका छन भने फरक वर्गतर्फबाट ७ जना निर्विरोध भैसकेको पन्तले जानकारी दिए ।

कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबारबाट महाधिवेशन जारी छ ।

महाधिवेशनले चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?