+
+
Shares

वीरगन्ज नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियु विजयी

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ९ गते २०:०६

९ चैत, काठमाडौं । वीरगन्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियत (अनेरास्ववियु)की आर्जु राय विजयी भएकी छिन् ।

सभापतिमा अनेरास्ववियुकी राय र सचिवमा नेपाल विद्यार्थी संघ (नेविसंघ) की मन्दिरा चिमोरिया विजयी भएको क्याम्पस प्रमुख डा. कल्पना पौडेलले अनलाइनखबरलाई जानकारी दिइन् ।

सभापतिमा विजयी रायले १ सय ३ र सचिव चिमोरियाले १ सय ४ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा अनेरास्ववियुकै आसिका पौड्याल विजयी भएकी छिन् । उनले १ सय १५ मत प्राप्त गरिन् ।

यस्तै प्रत्यक्षतर्फ यशोदा विष्ट, सुनिता श्रेष्ठ, विशेषता शाही ठकुरी, प्रदिल घिसिङ र चाँदनी यादव विजयी भएका छन् । उनीहरू पाँचै जना अनेरास्ववियुका हुन् ।

निर्वाचनमा कूल २ सय ७२ मत खसेको थियो । तर, मतगणनाका क्रममा विवाद भएपछि मतगणना स्थगित भएको थियो ।

जिल्ला प्रशासन कार्यालयमै बैठक बसेर पुनः मतगणना सुरु गर्ने सहमति भएपछि शनिबार दिउँसोबाट मतगणना थालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?