
९ चैत, काभ्रे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नीतिगत स्थायित्व नभइ देशमा विकास नहुने बताएका छन् ।
पार्टीको काभ्रे–काठमाडौं उपत्यका सम्पर्क समिति विस्तार गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री कार्कीले नीतिगत स्थायित्व नभै देशमा विकास नहुने भन्दै नीतिगत स्थायित्व र विकासको लागि अहिलेको सरकार बनेको जिकिर गरे ।
पुर्वराजाको क्रियाशिलताबारे लक्षित गर्दै देशमा लोकतन्त्रमार्फत नै देशको विकास चाँडो गर्न सकिने उनले बताए । ‘लोकतन्त्र र गणतन्त्रको भविष्य छ, लोकतन्त्रकै माध्यमबाट विकास सम्भव छ,’ कार्कीले भने ।
सञ्चार, शिक्षा, स्वास्थ्य क्षेत्रमा धेरै विकास भएको तर्क गर्दै उनले गाउँको मुहार फेरिए पनि जनता त्यहकका नबस्ने गरेको बताए ।
सोही कार्यक्रममा पार्टीको काभ्रे–काठमाडौं सम्पर्क समिति पनि विस्तार भएको छ ।
बद्रिराज तिमल्सिना सभापतिमा ४६ सदस्यीय समिति विस्तार भएको हो ।
प्रतिक्रिया 4