+
+
Shares

कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १० गते ७:४३

१० चैत, काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकआज बस्दैछ । दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

समसायिक विषयमा छलफल गर्न बैठक बस्न लाग्को कार्यालयका कार्यबाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए।

कांग्रेसको विधान अनुसार कार्यसम्पादन समिति प्रत्येक महिना बस्ने ब्यवस्था भएपनि त्यसअनुसार बस्ने गरेको छैन।

विधान अनुसार ४६ सदस्यीय हुनुपर्ने कार्यसम्पादन समितिलाई सभापति शेरबहादुर देउवाले पूर्णता दिएका छैनन् ।

हाल ३७ सदस्यीय कार्यसम्पादन समिति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?