+

हावाहुरीले स्थगित तिलोत्तमा गोल्ड कपको पहिलो खेल आज हुँदै

२०८१ चैत  १० गते ८:५५ २०८१ चैत १० गते ८:५५
हावाहुरीले स्थगित तिलोत्तमा गोल्ड कपको पहिलो खेल आज हुँदै

१० चैत, बुटवल । हावाहुरीका कारण स्थगित भएको २३औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको पहिलो खेल आज बिहान हुँदैछ ।

एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार दिउसो सशस्त्र प्रहरीको एपीएफ क्लब र आयोजक रुपन्देही ११ बीच भएको खेल मध्यान्तरपछि ६ मिनेट खेलेर स्थगित भएको थियो । निक्कै प्रतिस्प्रर्धात्मक खेलमा पहिलो हाफको १७ औ मिनेटमा एपीएफका हरि कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफ शुरु भएसंगै हावाहुरीले खेल खेलाउन असहज भएपछि खेल स्थगित गर्ने निर्णय भएको थियो ।

आज आईतबार दिउंसो प्रतियोगिताको दोस्रो खेल चर्च ब्वायज युनाईटेड ललितपुर र नेपाल पुलिस क्लब, काठमाण्डौका बिच दोस्रो खेल हुने संघका महासचिव हिमाल गौचनले जानकारी दिए ।

चैत १६ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेता टिमले नगद १२ लाख १२ हजार र उपविजेता टिमले ६ लाख, ६६ हजार रुपैया नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड र प्रशिक्षकलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाईकल उपहार प्रदान गरिने प्रतियोगिताका सहसंयोजक सुजन पुनले बताए ।

प्रतियोगितामा भारतका दुई र नेपालका दुई विभागीय सहित ८ टिमले भाग लिएका छन् ।

तिलोत्तमा गोल्ड कप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय