१० चैत, काठमाडौं । आसिफ शेखले अर्धशतकसहित ८० रन बनाएपछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले गण्डकी प्रदेशविरुद्ध चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।
एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४९.२ ओभरमा २५८ रन बनायो । एपीएफका लागि आसिफ शेखले सर्वाधिक ८० रन बनाए । लोकेश बमले ४६ तथा सुमित महर्जनले ३१ रन बनाए ।
गण्डकीका सन्दिप पराजुली र सुदिप अर्यालले ३-३ विकेट लिए । कमल परियारले २ तथा चन्द्र पौडेलले १ विकेट लिए ।
एपीएफले ६ खेल खेल्दा ४ खेल जितेको छ भने गण्डकीले ७ खेल खेल्दा १ जित मात्र निकालेको छ ।
प्रतिक्रिया 4