+
+
Shares

अम्बाको भाउ घट्यो, किवीको बढ्यो

शनिबारको तुलनामा आइतबार अम्बाको भाउ ८० रुपैयाँले घटेको छ । किवीको मूल्य भने किलोमै १५० रुपैयाँले बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १० गते १२:१७

१० चैत, काठमाडौं । बजारमा अम्बाको भाउ घट्दा किवीको भने बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले अम्बाको भाउमा गिरावट आएको देखाएको हो ।

आइतबार अम्बाको भाउ थोकमा प्रतिकिलो १ सय १० रुपैयाँमा किनबेच भइरहेको छ । शनिबार भने किलोको एकैचोटि १ सय ९० रुपैयाँ पुगेको थियो । शनिबारको तुलनामा आइतबार अम्बाको भाउ ८० रुपैयाँ घटेको हो ।

किवीको मूल्य कति ?

यसैगरी आइतबार बजारमा किवीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार किवीको थोक मूल्य प्रतिकिलो १५० रुपैयाँ बढेको हो ।

शनिबार २ सय ७६ रुपैयाँमा किनबेच भएको किवी आज आइतबार किलोको ४ सय २६ रुपैयाँ कायम भएको छ ।

व्यवसायीहरुका अनुसार बजारमा नेपाली किवी सकिएको छ । अब भने चीन र भारतबाट किवी आयात भइरहेको हुँदा मूल्य बढेको उनीहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?