+
+
Shares
स्ववियु चुनाव :

पृथ्वीनारायण क्याम्पसमा खस्यो २ हजार ८९७ मत

क्याम्पस प्रमुख हरिप्रसाद पाठकका अनुसार ७ हजार ४ सय ४ जना मतदाता रहेकोमा २ हजार ८९७ मत खसेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १० गते १७:२२

१० चैत, काठमाडौं । पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियु चुनावमा २ हजार ८९७ मत खसेको छ ।

क्याम्पस प्रमुख हरिप्रसाद पाठकका अनुसार ७ हजार ४ सय ४ जना मतदाता रहेकोमा २ हजार ८९७ मत खसेको हो ।

क्याम्पसमा ९ हजार २ सय ७० जना विद्यार्थी रहेकोमा कार्ड नलगेका कारण मतदताको संख्या कम भएको हो ।

‘विद्यार्थीलाई कार्ड लैजान भनेका थियौं । कार्ड नलगेका कारण मतदाता विद्यार्थीको संख्या कम भएको हो,’ उनले भने ।

विद्यार्थी प्रतिनिधिसँग बैठक बसेर गणना गरिने उनले बताए । गत ५ चैतमा रोकिएको मतदान आज भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?