+
+
Shares

विश्वको सबैभन्दा ठूलो डिजिटल क्यामेरा सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १० गते १७:४२

काठमाडौं। विश्वको सबैभन्दा ठूलो डिजिटल क्यामेरा सार्वजनिक भएको छ । दक्षिण अमेरिकी मुलुक चिलीमा रहेको भेरा सी रुबिन अब्जर्भेटरीमा उक्त क्यामेरा जडान गरिएको छ । त्यस प्रकारको डिजिटल क्यामेरालाई लार्ज सिनोप्टिक सर्भे टेलिस्कोप क्यामेरा पनि भनिन्छ ।

यो अहिलेसम्मकै सबैभन्दा ठूलो डिजिटल इमेजिंग उपकरण हो । यो क्यामेराले आगामी दशकसम्म दक्षिणी गोलार्धमा रातको आकाशको विस्तृत अवलोकन गर्नेछ । यसलाई सिमोनयी सर्भे टेलिस्कोपमा सफलतापूर्वक स्थापित गरिएको छ र अब अन्तिम परीक्षणको चरणमा रहेको छ । तत् पश्चात् यहीँ वर्ष उक्त अब्जर्भेजरी पूर्ण रुपमा सञ्चालनमा आउनेछ ।

यो टेलिस्कोप अमेरिकी राष्ट्रिय विज्ञान फाउन्डेसन तथा उर्जा विभागको संयुक्त वित्तीय लगानीबाट निर्माण भएको छ । यसको उद्देश्य ब्रम्हाण्डको एक अभूतपूर्व टाइम ल्याप्स रेकर्ड तयार गर्नेछ ।

अमेरिकाको राष्ट्रिय विज्ञान फाउन्डेसन र उर्जा विभागको सहकार्यमा रहेको भेरा सी रुबिन अब्जरभेटरीका अनुसार उक्त टेलिस्कोप क्यामेरा हरेक केही रातमा पूरा आकासको व्यवस्थित रुपबाट सर्भेक्षण गर्नेछ र अभूतपूर्व परिमाणमा हाइ रिजोलुसनयुक्त तस्वीर तयार गर्नेछ ।

अब्जरभेटरीको आधिकारिक विज्ञप्ती अनुसार एउटा मात्रै तस्वीर पनि यतिधेरै विस्तृत हुनेछ कि त्यसलाई प्रदर्शित गर्नका लागि ४०० अल्ट्रा एचडी टेलिभिजन स्क्रिनको आवश्यकता पर्नेछ । सो क्यामेराले सुपरनोभा, क्षुद्रग्रह तथा द्रुतगामी ताराहरु जस्ता खगोलीय घटनाहरु कैद गर्न सक्नेछ, जसबाट ब्रम्हाण्डीय घटनाहरुको बुझाईमा एक नयाँ दिशा प्राप्त हुनेछ ।

भेरा सी रुबिन अब्जरभेटरीको नाम खगोलशास्त्री भेरा रुबिनको सम्मानमा राखिएको हो । उनले आफ्ना सहकर्मी केन्ट फोर्डसँग मिलेर अनुसन्धान गर्दा आकाशगंगाहरु गुरुत्वाकर्षण नियम अनुसारको गतिले नघुम्ने तथ्य पत्ता लगाएका थिए ।

यसबाट के निष्कर्ष निकालिएको छ भने अदृश्य द्रव्य (डार्क म्याटर) ले ती आकाशगंगाहरुको गतिलाई प्रभावित गर्दछ । अब्जरभेटरीको उन्नत अप्टिकल तथा डेटा प्रोसेसिंग प्रविधिले उक्त रहस्यलाई अझै गहन ढंगले बुझ्न सहयोग गर्नेछ । साथै डार्क इनर्जी मापनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?