+
+
Shares

गौतमबुद्ध विमानस्थलमा बढ्दै अन्तर्राष्ट्रिय यात्रु, कुन महिना कति ?

जनवरी २०२५ मा १ हजार ३ सय ६५ र फेब्रुअरीमा ६ हजार ७ सय ७९ यात्रुले सेवा लिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १० गते १९:२७
फाइल तस्वीर

१० चैत, काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रु बढ्दो क्रममा रहेको देखिएको छ ।

पछिल्ला महिनामा यात्रु संख्या निरन्तर बढिरहेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

उनका अनुसार जनवरी २०२५ मा १ हजार ३ सय ६५ र फेब्रुअरीमा ६ हजार ७ सय ७९ यात्रुले सेवा लिएका छन् । यो महिनामा मात्र कुल १ सय १५ उडान भएका छन् । यो संख्या मार्चमा अझ बढ्दो क्रममा रहेको उनको भनाइ छ । जनवरीदेखि मार्च २० सम्म १३ हजार १ सय ८१ यात्रुले सेवा लिएको उनले जानकारी दिए ।

नोभेम्बर २०२४ बाट यो विमानस्थलमा पुनः उडान सुरु भएको थियो । अघिल्लो वर्ष (सन् २०२४) मा कुल ८ हजार १ सय ५७ यात्रुले सेवा लिएको तथ्यांक छ ।

आगामी दिनमा उडानलाई निरन्तरता दिन यसअघि मन्त्रिपरिषद्‍बाट विमानस्थल सञ्चालनका लागि भएका निर्णय कार्यान्वयन हुनुपर्ने उनको भनाइ छ ।

उनले एयरलाइन्स कम्पनीका कुनै समस्या भए समाधान गर्न व्यवस्थापन तयार रहेको समेत बताए । हिउँदयाममा प्रतिकूल मौसमका कारण उडान प्रभावित भएपछि उडान रोकिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?