+
+
Shares

कृषिमन्त्रीलाई कृषि उपजका माला

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १० गते १९:३२

१० चैत, काभ्रेपलाञ्चोक । काभ्रेका महिला कृषकहरूले कृषिमन्त्री रामनाथ अधिकारीलाई कृषि उपजका माला लगाइदिएका छन् ।

काभ्रेको पनौती नगरपालिका–८ का महिला कृषकहरूले आइतबार मन्त्री अधिकारीलाई कृषि उपजका माला लगाएर सम्मान गरेका हुन् ।

सक्रिय महिला कृषि सहकारी संस्था लिमिटेडको आयोजना तथा फरेस्ट एण्ड फार्म फेसिलिटीको सहयोगमा निर्माण भएको शीत भण्डारको उद्घाटनका लागि मन्त्री अधिकारी पनौती पुगेका थिए ।

शीत भण्डारको उद्घाटनसँगै कृषि उत्पादनको प्रर्दशनी गरिएको थियो । कृषि प्रर्दशनीमा योमरी, खुवा तथा मकैको पिठो, च्याख्ला, कोदोका विभिन्न परिकार, चामल तथा त्यसका परिकारहरु, तरकारी तथा त्यसका विभिन्न उत्पादनहरु, घरेलु उत्पादन राखिएको थियो ।

समूहमा ५ सय भन्दा धेरै महिलाहरू सक्रिय रुपमा व्यावसायीक रुपमा उत्पादनमा जोडिएका छन् ।

उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले कृषि उत्पादन, कृषकहरुको हित र विषादी न्यूनिकरणमा सरकारले समन्वय गरिरहेको बताए ।

कृषकहरूलाई आत्मनिर्भर बनाउन सरकारले प्रयत्न गरिरहेको बताउँदै मन्त्री अधिकारीले मुलुकको आर्थिक अवस्था जटिल र संकुचनमा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?