
१० चैत, काठमाडौं । पशु स्वास्थ्य तथा पशु व्यवसायी परिषद् रजिस्ट्रार नियुक्तिका लागि उम्मेदवारको नाम सिफारिस गर्न गठित सिफारिस समितिले उम्मेदवारहरूको रणनीतिक कार्ययोजना प्रस्तुतीकरणको मिति सार्वजनिक गरेको छ ।
सिफारिस समितिको ७ चैतको निर्णय अनुसार परिषद् रजिस्ट्रार नियुक्तिका लागि दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको रणनितिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वाता मूलयांकनको मिति, समय र स्थान सूचना मार्फत सार्वजनिक गरिएको हो ।
समितिको सूचना अनुसार उम्मेदवार खडककुमार मैनाली, जनकबहादुर रावल, पूर्णबहादुर बुढा र मिथिलेशकुमार कर्णका लागि रणनीतिक कार्ययोजना प्रस्तुत गर्ने मिति १४ चैत बिहान ८ बजे तथा योगेन्द्रप्रसाद शर्मा, सीताराम ओली र हिमालय पोखरेलका लागि सोही दिन साँझ ५ बजे तोकिएको छ ।
यस्तै अन्तर्वाताको मिति १५ चैत बिहान १० बजेदेखि सुरु हुनेछ । रणनीतिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबारमा हुने समितिले जनाएको छ ।
प्रतिक्रिया 4