+

एरिकालाई ‘हिमालयन वारियर’ उपनामले सम्मान गरिने

२०८१ चैत  १० गते २२:०३ २०८१ चैत १० गते २२:०३
एरिकालाई ‘हिमालयन वारियर’ उपनामले सम्मान गरिने

१० चैत, काठमाडौं । नेपाल कराते महासंघले एरिका गुरुङलाई सम्मानित गर्ने भएको छ । उनलाई ‘हिमालयन वारियर’ उपमानले सम्मान गर्ने निर्णय महासंघले गरेको छ ।

निजगढको बारामा सम्पन्न महासंघको दोस्रो वार्षिक साधारणसभाले उनलाई सो सम्मान गर्ने निर्णय गरेको महासंघले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

एरिकाले २० औं एसियन सिनियर कराते च्याम्पियनसिपमा रजत पदक जितेकी थिइन् ।

उनलाई नेपाली करातेको निर्विकल्प स्टारको रुपमा लिइन्छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउन थालेपछि उनले कुनै पनि खेलमा खाली हात फर्कनुपरेको छैन ।

त्यस्तै, विश्व कराते महासंघको निर्देशन अनुसार महासंघको विधानमा आवश्यक संशोधन गर्ने निर्णय पनि भएको छ ।

प्रशासनिक तथा व्यवस्थापन सम्बन्धी नियमावली, कार्यविधि तथा निर्देशिका २०८१ अनुमोदन गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय टिम तयारीका लागि प्रमुख प्रशिक्षक र टिम म्यानेजर सम्बन्धी कार्यविधि पारित गर्ने निर्णय पनि भएको छ ।

महासंघमा रिक्त पदहरूमा मनोनयन गर्ने अधिकार अध्यक्षलाई प्रदान गर्ने तथा मनोनित सदस्यहरूको अनुमोदन गर्ने निर्णय पनि भएको जानकारी विज्ञप्तिमार्फत गराइएको छ ।

एरिका गुरुङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय