+
+
Shares

गुल्मीमा बर्सेनि गहुँ खेतीको उत्पादन घट्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ११ गते ६:५७

११ चैत, गुल्मी । गुल्मी जिल्लामा गहुँ उत्पादन बर्सेनि घट्दै गएको छ । जिल्लाका विभिन्न स्थानमा गहुँ खेती गर्ने कृषकको संख्या घट्दै जाँदा उत्पादन पनि घट्न थालेको हो ।

गत आर्थिक वर्ष २०८०/०८१ मा ६३७० हेक्टर क्षेत्रफलमा गहुँ खेती भएको थियो । जसमा १९ हजार ५ मेट्रिक टन उत्पादन भएको थियो ।

त्यसअघिको आर्थिक वर्ष २०७९/०८० मा ६४८० हेक्टर क्षेत्रफलमा १९ हजार ३७५ मेट्रिकटन गहुँ उत्पादन भएको कृषि ज्ञानेकन्द्र गुल्मीका कृषिप्रसादर अधिकृत शिवप्रसाद बञ्जाडेले बताए । बर्सेनि गहुँ उत्पादन गर्ने क्षेत्रफल घटदै गएको छ ।

यस वर्ष पनि गहुँ भित्र्याउने समय सुरु हुन लावगेको छ । यस वर्ष पनि हिउँदको समयमा पानी नपरेकाले उत्पादन घट्ने अनुमान कृषि ज्ञानकेन्द्र गुल्मीले गरेको छ ।

जिल्लामा विशेष गरी जेहाङ्ग, अर्बेनी, चौरासी, मजुवा, हर्मिचौरलगायतका स्थानमा पर्याप्त मात्रामा गहुँखेती गरिदै आएको छ ।

गहुँ उत्पादन दर मौसम अनुसार तलमाथि भए पनि उत्पादन गर्ने कृषकको संख्यामा कमी हुँदै गएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । हिउँदे वर्षा हुँदा गहुँ बाली धेरै हुँदा मात्रै गहुँ खेती राम्रो हुने गर्दछ ।

तर, पछिल्ला केही वर्षयता हिउँदको सिजनमा वर्षात कम हुँदा उत्पादन पनि घट्दै गएको छ ।

धुर्कोट गाउँपालिका वडानम्बर–५ का कृषक कृष्णप्रसाद भण्डारील पछिल्ला केही वर्षयता हिउँदे वर्षात नहुँदा गहुँ उत्पादन घट्ने गरेको बताए । उनले ४ रोपनी जमीनमा गहुँ खेती गर्दै आएका छन् ।

जिल्लामा उत्पादन भएको गहुँ स्थानीयस्तरमै बिक्री हुने गर्दछ । जिल्लामा पछिल्लो समय बजारमा पाइने प्याकिङ्ग आटा पाउन थालेसँगै पहिलेको जस्तो गहुँ खेती गर्न कृषकहरु उत्साहित छैनन् ।

उत्पादन योग्य जमिन पनि बाँझै छोडेर बजारमा पाइने गहँुको आटा किन्ने गर्नाले गहुँ खेतीगर्ने कृषक कम हुँदै गएका छन् ।

समयमा वर्षातसँगै मल–बिउ राम्रो परेको खण्डमा मात्रै गहुँ उत्पादन बढ्ने कृषकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?