+
+
Shares

ट्यांकरको ठक्करबाट मृत्यु भएका नाबालक दाजुभाइको शव परिवारले बुझे 

दाजुभाइ स्कुलबाट साइकलमा घर फर्कँर्दै गर्दा नारायणी निर्माण सेवाको पानी बोक्ने ट्यांकरले ठक्कर दिएको थियो । उनीहरू बेतहनीको नौरीगढी एकेडेमीमा अध्ययनरत थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ११ गते १४:४७

११ चैत, काठमाडौं । बाँकेमा पानी बोक्ने ट्यांकरको ठक्करबाट मृत्यु भएका दाजुभाइको घटनामा सहमति जुटेको छ ।

सोमबार बिहान दुई पक्षबीच सहमति जुटेपछि परिवारले शव बुझेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा एसपी तुलबहादुर कार्कीले दुई पक्षीय सहमति जुटेपछि परिवारले शव बुझेर सद्गतका लागि शव लगिसकेको बताए ।

पीडित परिवारलाई क्षतिपूर्ति दिने र कानुन बमोजिम कारबाही हुने सहमति भएपछि आफन्तले शव बुझेको प्रहरीको भनाइ छ ।

बाँकेको डडुवा गाउँपालिका–२ स्थित बेतहनी चोकमा भे१ख ४१०७ नम्बरको ट्यांकरले ठक्कर दिँदा सहदोर दाजुभाइ शिवकुमार गोडिया (९) र विशाल (७) को मृत्यु भएको थियो ।

दाजुभाइ स्कुलबाट साइकलमा घर फर्कँर्दै गर्दा नारायणी निर्माण सेवाको पानी बोक्ने ट्यांकरले ठक्कर दिएको थियो । उनीहरू बेतहनीको नौरीगढी एकेडेमीमा अध्ययनरत थिए ।

बालकको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको थियो । आक्रोशित स्थानीयले ठक्कर दिने पानी ट्यांकर जलाइदिएका थिए । प्रहरी चौकीमा समेत ढुंगामुढा प्रहार भएको थियो । मोटरसाइकल समेत जलाइएको थियो । प्रहरीले भीडलाई नियन्त्रणमा लिन हवाई फायर समेत गर्नु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?