+
+
Shares

सान्भी इनर्जीले पायो आईपीओ स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ११ गते १७:१२

११ चैत, काठमाडौं । सान्भी इनर्जीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको स्वीकृति पाएको छ ।

बोर्डले कम्पनीलाई ३७ लाख ९० हजार कित्ता सेयर निष्कासनका लागि स्वीकृति दिएको हो । प्रभावित स्थानीय र सर्वसाधारणलाई अंकित मूल्य १ सयका दरले यो सेयर निष्कासन हुनेछ ।

कम्पनीको बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । यस कम्पनीले इलामको सूर्योदय नगरपालिकामा ७.६ मेगावाटको आयोजना सञ्चालन गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?