+
+
Shares

वीरगञ्ज उद्योग वाणिज्य संघ अध्यक्षमा गौतम   

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ११ गते ११:१५

११ चैत, वीरगञ्ज ।  वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम निर्विरोध निर्वाचित भएका छन्  ।

संघको ४९औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा माधव राजपाल, द्वितीय उपाध्यक्षमा मनोज दास, महासचिवमा शिवजीप्रसाद कलवार, कोषाध्यक्षमा अनोज रुङ्गटा, सचिवमा प्रेमचन्द्र गोयल, सुशान्त चाचान, सहकोषाध्यक्षमा निरज अग्रवाल र सहसचिवमा नरेश टिवडेवाल निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै सहसचिवमा अनुप अग्रवाल निर्वाचनबाट निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलले जानकारी दिए ।

पदाधिकारीमध्ये सहसचिव पदका लागि मात्र मतदान भएको थियो । संघको विधानअनुसार १२ जना पदाधिकारी रहने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?