+
+
Shares

प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ११ गते २०:२६

११ चैत,विराटनगर । प्रेस चौतारी नेपालको अध्यक्ष गणेश पाण्डे चयन भएका छन् ।

विराटनगर जारी १० औं महाधिवेशनमा अध्यक्षकाे दाबेदार राजेश राईले दाबी छाडेपछि पाण्डे सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

राईले महाधिवेशनमा निर्वाचन माग गरेका थिए । तर नेतृत्वले निर्वाचन हुन नदिएपछि पाण्डे सर्वसम्मत भएका हुन् ।

केन्द्रीय कमिटीको उपाध्यक्ष चेतन अधिकारी र कृपा भण्डारी चयन भए, महासचिव हिरामान लामा नै दोहोरिए । महाधिवेशनबाट केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?