+
+
Shares

विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री ओलीविरुद्धको नारा डिस्प्ले भएपछि…

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १२ गते १०:३०

१२ चैत, चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लेखिएको एक वाक्य डिस्प्ले भएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय भएकै दिन प्रधानमन्त्री ओलीविरुद्धको नारा डिस्प्ले भएको हो ।

यस विषयमा अनुसन्धान गरिरहेको नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले बताए । उनले अनलाइनखबरसँग भने, ‘यस्तो कसरी भयो भनेर सूचना प्रविधि विज्ञहरुसँग समेत सम्पर्क गरेर हामी अनुसन्धान गरिरहेका छौं ।’

स्रोतका अनुसार डिजिटल बोर्डमा के राख्ने/नराख्ने भन्ने पहुँच कार्यालय प्रमुखसँग हुन्छ । भरतपुर वितरण केन्द्रका प्रमुख श्रेष्ठले भने आफ्नो कार्यालयमा आफू र अर्का एक जना इन्जिनियर कर्मचारीसँग यसको पहुँच भएको बताए । तर प्रधानमन्त्रीविरुद्धको नारा कसले राख्यो भन्ने पत्ता नलागेको उनले बताए ।

‘त्यहाँ पासवर्ड डिफल्ट थियो, कसैले त्यसको मिसयुज गर्‍यो कि, ह्याक भयो कि के भयो पत्ता लागेको छैन, हामी अनुसन्धानकै क्रममा छौं’ श्रेष्ठले भने ।

कुलमान सोमबार सोमबार चितवनको भरतपुर हुँदै मकवानपुरको राक्सिराङ्ग जाँदै थिए, जहाँ उनले चेपाङ बस्तीमा पुगेको बिजुलीको उदघाटन गर्ने कार्यक्रम थियो ।

कुलमान काठमाडौंबाट भरतपुर आउन लागेको सूचना पाएपछि भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठ स्वागतका भरतपुर विमानस्थल पुगेका थिए ।

विमानस्थलबाट कार्यालयमा फर्किएपछि दिउँसो १२ बजेदेखि करिब १ बजेसम्म डिजिटल बोर्डमा प्रधानमन्त्री ओलीविरु लेखिएको नारा डिस्प्ले भएको थियो । सेवाग्राही र कार्यालयका कर्मचारीहरुले त्यो नारा देखेर हटाउन भनेपछि कार्यालय प्रमुख श्रेष्ठले हटाएका थिए ।

कार्यालय प्रमुख श्रेष्ठले आफूले सो सूचना नराखेको र कसैले ह्याक गरेको हुन सक्ने बताए । ‘मैले त्यस्तो गर्ने कुरा नै आएन, कतैबाट त्यस्तो सूचना गएको जस्तो देखिन्छ, त्यो राम्रो हैन,’ श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?