+
+
Shares

काउलीको भाउ बढ्यो

सोमबार प्रतिकिलो थोक मूल्य २५ रुपैयाँमा किनबेच भइरहेको स्थानीय काउली आज १० रुपैयाँ बढेर ३५ रुपैयाँ पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १२ गते १२:१०

१२ चैत, काठमाडौं । बजारमा काउलीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार काउलीको भाउ बढेको देखाएको हो ।

हिजो सोमबार प्रतिकिलो थोक मूल्य २५ रुपैयाँमा किनबेच भइरहेको स्थानीय काउली आज १० रुपैयाँ बढेर ३५ रुपैयाँ पुगेको छ । यस्तै, आजका लागि स्थानीय ज्यापु काउलीको प्रतिकिलो थोक मूल्य पनि ३५ रुपैयाँ कायम छ । सोमबार स्थानीय ज्यापु काउली २७ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?