+
+
Shares

पनौती बसपार्कमा बसको ठक्करबाट ७० वर्षीया पैदलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १२ गते १३:३३

१२ चैत, काठमाडौं । काभ्रेको पनौती नगरपालिका-७ बसपार्कस्थित सडकमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

बा. प्र. ०१–००३ क ९४८५ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-४ बस्ने ललितपुर महाङकाल गाउँपालिका-२ घर भएका ७० वर्षीया मैया बजगाईंको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको शिर मेमोरीयल अस्पताल बनेपामा उपचारको क्रममा भएको थियो । उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?