+

च्याम्पियन्स ट्रफीको फाइनल खेलमा २ अर्बभन्दा धेरै लाइभ भ्युज

२०८१ चैत  १२ गते १५:०९ २०८१ चैत १२ गते १५:०९
च्याम्पियन्स ट्रफीको फाइनल खेलमा २ अर्बभन्दा धेरै लाइभ भ्युज

१२ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अध्यक्ष जय शाहले च्याम्पियन्स ट्रफी फाइनलको डिजिटल भ्युअरशिपबारे नयाँ विश्वव्यापी डाटा सार्वजनिक भएकोमा खुसी व्यक्त गरेका छन्।

जय शाहका अनुसार, च्याम्पियन्स ट्रफी २०२५ को फाइनल खेल मात्र २.१ अर्ब पटक हेरिएको थियो, जबकि पूरै प्रतियोगिताभर कुल ८.७ अर्ब भ्यु पुगेको थियो।

आईसीसीका डिजिटल तथा सामाजिक सञ्जाल च्यानलहरूमा अर्बौं फ्यानहरूले सहभागिता जनाएको कुराले क्रिकेटलाई डिजिटल नवाचारको अग्रपंक्तिमा राखेको जय शाहको भनाइ छ ।

उनले विशेष रूपमा स्टार स्पोर्ट्स र जियो हटस्टार जस्ता साझेदारहरूको योगदानको प्रशंसा गर्दै आईसीसी हिन्दी च्यानलहरू मार्फत उत्कृष्ट सामग्री दर्शकसम्म पुर्‍याएको बताए।

क्रिकेटप्रति फ्यानहरूको यस्तो उत्साहले यस खेललाई अझ विश्वव्यापी बनाउन सहयोग गरिरहेको उनले उल्लेख गरेका छन् ।

च्याम्पियन्स ट्रफीको फाइनलमा भारतले न्युजिल्याण्डलाई हराउँदै उपाधि जितेको थियो ।

आईसीसी च्याम्पियन्स ट्रफी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय