+
+
Shares

कुलमान हटाउने मन्त्रिपरिषद्को निर्णय अझै प्रमाणित भएन

सोमबारको मन्त्रिपरिषद्को निर्णय प्रमाणित गर्न मुख्यसचिवले ढिलाइ गरेपछि घिसिङले बर्खास्ती र शाक्यले नियुक्तिको चिठी पाएनन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १२ गते १५:५८
फाइल तस्वीर

१२ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने तथा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय अझै प्रमाणित भएको छैन ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को निर्णय मुख्यसचिवले प्रमाणित गर्न बाँकी नै रहेकाले कार्यकारी निर्देशक घिसिङले बर्खास्तीको पत्र अझै प्राप्त गर्न सकेका छैनन् । साथै, सोमबारै प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हितेन्द्रदेव शाक्यले पनि नियुक्तिको पत्र पाएका छैनन् ।

मन्त्रिपरिषद्को निर्णय मुख्य सचिवले प्रमाणित गरेर मन्त्रालयमा पठाएपछि त्यो कार्यान्वयनमा जान्छ । तर, निर्णय प्रमाणित गर्न ढिलाइ भएकाले दुवैलाई पत्र दिन नसकिएको एक सरकारी अधिकृतले अनलाइनखबरलाई बताए ।

बर्खास्तीको पत्र नपाए पनि घिसिङ मंगलबार प्राधिकरणमा उपस्थित भएका छैनन् ।

विद्युत् प्राधिकरण स्रोतका अनुसार नियुक्त हुने र पदमुक्त हुने दुवैले अझै पत्र नपाएका कारण प्राधिकरणमा भने अन्योल छाएको छ । उता, सडकमा भने विभिन्न समूहले प्रदर्शन गरिरहेका छन् । कुलमान भने पत्र पाउनासाथ कानुनी उपचारका लागि अदालत जाने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?