+

पोखरा थण्डर्सको जर्सी सार्वजनिक

२०८१ चैत  १२ गते १६:४४ २०८१ चैत १२ गते १६:४४
पोखरा थण्डर्सको जर्सी सार्वजनिक

१२ चैत, काठमाडौं ।  नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम पोखरा थण्डर्सले तेस्रो सिजनका लागि आधिकारिक जर्सी सार्वजनिक गरेको छ । पोखरा थण्डर्सले मंगलबार एक कार्यक्रम आयोजना गर्दै क्लबको जर्सी सार्वजनिक गरेको हो ।

पोखराले तेस्रो सिजनका लागि निलो, पहेँलो र प्याजी रङ गरि तीन वटा जर्सी सार्वजनिक गरेको छ । निलो रङको जर्सी होम जर्सी रहने क्लबले जनाएको छ ।

पोखराका मार्की प्लेयर समीर तामाङ, फरवार्ड नवयुग श्रेष्ठ, क्लबका ब्राण्ड एम्बासडर गायक छेवाङ तामाङ, कीट पार्टनर जी स्पोर्ट्सका प्रमुख अध्यक्ष सुन्दर थापा लगायतले क्लबको जर्सी सार्वजनिक गरे ।

कार्यक्रममा पोखरा थण्डर्सले गायक छेवाङ लामालाई ब्राण्ड एम्बासडरको रूपमा सार्वजनिक गरेको छ । गायक लामाले ब्राण्ड एम्बासडर बन्न पाउँदा खुशी लागेको र एनएसएलमा पोखराले राम्रो प्रदर्शन गर्दै उपाधि जित्ने बताए ।

पोखराका खेलाडी नवयुगले ब्राण्ड एम्बासडर छेवाङ लामालाई क्लबको जर्सी प्रदान गरेका थिए ।

समीर तामाङ मार्की रहेको पोखराले यसअघि नै आयुष घलानलाई कप्तान नियुक्त गरिसकेको छ । यस्तै मुख्य प्रशिक्षकमा सुमन श्रेष्ठलाई नियुक्त गरिसकेको छ ।

पोखरा थन्डर्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय