+
+
Shares

‘भारतीय मालवाहक सवारीले नेपाली गाडी व्यवसायी मारमा’

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १२ गते १९:१७

१२ चैत, काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भारतीय मालवाहक सवारीका कारण समस्या परेको गुनासो गरेको छ ।

नाडा अध्यक्ष करण चौधरीले भारतीय मालवाहक सवारीसाधनको नेपालमा निर्वाध प्रवेशले नेपालका मालवाहक साधनको व्यवसायमा ठूलो असर परिरहेको बताएका हुन् ।

उनले नेपालकै उत्पादनले बजार पाउने वातावरण हुनुपर्ने भन्दै लुब्रिकेन्ट उद्योगका नाममा फिनिस्ड गुड नै नेपाल ल्याएर बिक्री वितरण भइरहेको भन्दै यसलाई रोक्नुपर्ने बताए ।

अध्यक्ष चौधरीले नेपालमै टायर उद्योग खोलिए पनि त्यसका लागि स्टयान्डर्डको व्यवस्था नभएको जिकिर गर्दे बुट मोडेलमा वाह्य लगानी नेपाल ल्याउन सम्भव रहेको बताए ।

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले एजेन्सी दर्तासम्बन्धी ऐन अहिलेसम्म पारित नहुँदा सवारीसाधन पैठारीकर्तालाई ठूलो समस्या भइरहेकाले उक्त ऐन छिट्टै पारित गर्न आग्रह गरेका थिए ।

मन्त्री भण्डारीले नेपालको उद्योग–व्यवसायको स्थितिबारे विनाजानकारी संसद्मा प्रश्न उठ्ने गरेको गुनासो गर्दै नेपाल सरकारले खुला बजार अर्थनीति अवलम्बन गरिरहेको बताए ।

उनले खुला बजार अर्थतन्त्रमा ७ सय प्रतिशतसम्म पनि मुनाफा गर्न सकिने बताउँदै नाडाका सुझाव राजस्व परामर्श समितिमा पठाउ अनुरोध समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?