+
+
Shares

कोशी, गण्डकी र कर्णालीमा चट्याङसहित वर्षा हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १३ गते ६:३६

१३ चैत, काठमाडौं । आज पनि नेपालका केही ठाउँमा मौसम बदली भएको छ । पश्चिमी वायू तथा स्थानीय वायूको आंशिक प्रभाव रहेकोले मौसम बदली भएको हो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।

आज कोशी,  गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसका साथै ती प्रदेशका हिमाली र उच्च पहाडी भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?