१३ चैत, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रोसले सिंगापुर र मलेसियाको भ्रमणबाट नेपालले धेरै कुरा सिकेको बताएका छन् ।
एएफसी एसियन कप छनोट अन्तर्गत मंगलबार मलेसिया विरुद्धको खेलमा २-० ले पराजित भएपछि रोसले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले मलेसिया विरुद्धको खेलमा नेपालले केही अवसर बनाएपनि मलेसिया नै जितेको हकदार रहेको बताए । ‘आजको खेलमा मलेसिया जितको हकदार थियो ।’
नेपालले मलेसियासँग खेल्नुअघि तयारी स्वरुप सिंगापुर विरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । जहाँ जिलेस्पीजंग कार्कीको गोलमा नेपालले सिगापुरलाई पहिलो पटक हराएको थियो ।
प्रशिक्षक रोसले अब हुने एसियन कप छनोट खेलमा राम्रो प्रदर्शन गर्ने बताए । ‘दुई खेलबाट (मलेसिया र सिंगापुर) हामीले धेरै कुरा सिकेको छ । छनोटको अब हुने खेलमा तपाईँले सुधारिएको प्रदर्शन देख्नुहुनेछ ।’
एसियन कप छनोटमा नेपालल अर्को खेल जुनमा लाओससँग खेल्नेछ । यस्तै नेपालले जुनमा साफ च्याम्पियनसिप पनि खेल्नेछ ।
प्रतिक्रिया 4