+
+
Shares

कुलमानलाई बर्खास्त गरेको विरोधमा संसद अवरोध

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १३ गते ११:४८

१३ चैत, काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा विपक्षी दलहरूले संसदमा अवरोध गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै सबै विपक्षी दलका सांसदहरूले उठेर अवरोध गरेका हुन् ।

विपक्षीहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिए ।

सांसद बस्नेतले विद्युत प्राधिकरणलाई तेजोवध गर्नका लागि सरकार लागि परेको बताए । स्वार्थ समूहको इच्छा पूरा गर्नका लागि घिसिङलाई कार्यकारी निर्देशकबाट हटाइएको उनको आरोप छ ।

एउटा कुशल व्यवस्थापकलाई राम्रो हुन्छ भनेर सन्देश दिनुपर्नेमा सरकारले गलत सन्देश जाने गरी काम गरिरहेको बताए ।

ऊर्जामन्त्री दिपक खड्काले नेपालमा लोडसेडिङ अन्त्य हुनुको जस भारत सरकारलाई दिनुपर्ने लगायतका अभिव्यक्ति दिएको बस्नेतले विरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?