+
+
Shares

सत्तापक्षको बैठकमा उपेन्द्र यादव पनि सहभागी

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १३ गते १२:१४
उपेन्द्र यादव । फाइल फोटो

१३ चैत, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सत्तारुढ दलहरूको बैठक उपस्थित भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी बैठकमा यादव सहितका नेताहरू सहभागी छन् ।

मंगलबार पनि सत्तापक्षको बैठक बस्ने तय भएको थियो । तर, उक्त बैठकमा उपेन्द्र यादव उपस्थित भएका थिएनन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार समसामयिक राजनीतिको विषयमा छलफल गर्न सत्तापक्षको बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू उपस्थित छन् ।

जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, लोकतान्त्रिक समावादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राई लगायतका नेताहरू सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?